​प्याब्सन नेपालका अध्यक्षलाई इटहरीमा स्वागत तथा सम्मान

Newslaya Home

​प्याब्सन नेपालका अध्यक्षलाई इटहरीमा स्वागत तथा सम्मान

सोमबार ०४, चैत २०७५

इटहरी । नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीलाई इटहरीको पाथिभरा माध्यमिक विद्यालयले स्वागत तथा सम्मान गरेको छ । 

प्याब्सनको  १४औं महाधिवेशनबाट मुलुक भर रहेकाका ६३ सय निजी तथा आवासीय विद्यालयहरु मध्ये  आफ्नो विद्यालयका अध्यक्ष चयन भएकोमा भन्दै पाथिभरा मा.वि. ले पुरीलाई सम्मान गरेको हो । पुरीलार्य विद्यालयको तर्फबाट प्रबन्ध निर्देशक निर्मल रिजाले सम्मान गरेका हुन । 

प्याब्सनका नव अध्यक्ष पुरीले निजी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुले पनि उच्च शिक्षाका लागि छात्रावृत्ति पाउने व्यवस्था मिलाउन पहल गर्ने बताएका थिए ।