​झापाका व्यक्ति जोगबनीमा झुण्डीएको अवस्थामा फेला

Newslaya Home

​झापाका व्यक्ति जोगबनीमा झुण्डीएको अवस्थामा फेला

सोमबार ०४, चैत २०७५

विराटनगर । भारतको जोगवनी रेल्वे स्टेशनमा एक नेपालीको मृत अवस्थामा परेका छन् ।  

सोमबार जोगबनी रेल्वे स्टेसनको आरपिएफ कार्यलय अगाडि  रेलिङ्गको रडमा झुण्डिएको  अवस्थामा शिव सत्ताशी नगरपालिका-४ झापाका तिर्थ प्रसाद घिमिरेको शव फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा मृतकको साथबाट सावरी चलाक अनुमति पत्र फेला परेको प्रहरीले जनाएको छ । घिमिरेको हत्या भएको हो वा अत्महत्या गरेको हो भनेरे खुल्न भने सकेको छैन् । 

मृतकको शवलाई परिवारको जिम्मा लगाइसकेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।