मृत्यसँग जोडिएका केहि तथ्यहरु, जसले मानिसलाई आश्चार्यमा पार्छ

Newslaya Home

मृत्यसँग जोडिएका केहि तथ्यहरु, जसले मानिसलाई आश्चार्यमा पार्छ

सोमबार ०४, चैत २०७५

एजेन्सी । मानिस जन्मिएपछि एकदिन मर्नै पर्छ । तर मृत्यु कहिले, कहाँ र कतिबेला हुने हो भन्ने निश्चित छैन् ।

मानिस अफैलाई पनि आफ्नो मृत्यु कहिले र कतिबेला हुने हो भनेर थाहा हुँदैन् । यहि मृत्युबारे जोडिएका केहि रहस्यहरु पनि छन् जसलाई पढेर मानिस आश्चार्यमा पर्ने गरेका छन् । 

आफैंलाई खान थाल्छ शरिरः

जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर पचाउने गर्दछ । तर मानिसको मृत्यु पछि पनि मानिसको शरिरमा रहेका ब्याक्टेरियाहरु तीन दिन सम्म जिवितै रहने गर्दछन् । जसले हाम्रो शरिरमा भएको खानेकुराहरु खाने गर्दछन् । त्यसपश्चात ति ब्याक्टेरियाहरुले हाम्रो शरिरलाई नै खान सुरु गर्दछन् ।

मृत्युपछि पनि हात खुट्टाको नङ बढेजस्तो देखिनुः 

मानिसको मृत्यु भएपछि पनि हातखुट्टाको नङ बढेजस्तो देखिने गर्दत । तर वास्तवमा भने यो बढेको हुँदैन । मानिसको मृत्यु पश्चात हातखुट्टाका नङ वरिपरिका छला खुम्चिने गर्दछन् । जसले नङ बढेजस्तो देखिने गर्दछ । 
 
मानिसको मृत्युको संख्याः

मानिसहरु दुनियाँमा आएपछि अहिलेसम्म करिब १ सय बिलियनभन्दा बढिको मृत्यु भइसकेको छ ।

मानिसको शरिरबाट चिया र केकः

इटालियन सिरियल किलर लेखोनार्डा सिन्चुल्लीले मानिसहरुको हत्या गरेर उनीहरुको शरिरबाट चिया र केक बनाउँथिन् र आफ्नो घरमा आएका पाहुनालाई खुवाउने गर्दथिन् ।

रुसमा विश्वयुद्धको समयमा भएको मानिसहरुको मृत्युः

रुसमा सन् १९२३ मा जन्मिएका धेरैजसो मानिसहरु को मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो । त्यतिबेला करिब करिब ८० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । 

अत्महत्याको प्रयासः 

हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।