महोत्तरीबाट चोरीको गरगहनाहित चारजना पक्राउ

Newslaya Home

महोत्तरीबाट चोरीको गरगहनाहित चारजना पक्राउ

सोमबार ०४, चैत २०७५

धनुषा । चोरी भएको चाँदीको गरगहनासहित  महोत्तरीबाट चारजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा जनकपुरधाम उप–महानगरपालिका–८ पगलाबाबाका सलामत दजी, नशरा खातुन, जनकपुर पेठीया बजारका असरफ राईन र सोनामाईका कमरान दर्जी रहेका छन् । 

उनीहरुलाई धनुषा प्रहरीले गत फागुनमा जनकपुरधाम उप–महानगरपालिका वडा  २ विद्यानगरमा चोरी भएको चाँदीको गरगहना सहित पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट चाँदीको हसुली, चाँदीको ब्रासलेट, चाँदीको पहुची १, चाँदीको बाला र चाँदीको पाउजु १÷१ जोर, चाँदीको औठी १ थान, चाँदीको खुट्टामा लगाउने ठेसा ६ थान, मोवाईल ३ थान, नेपाली रु २ हजार २ सय र भारु २ हजारर रा.बा.बैकको दिर्घ सेवा पदक बरामद गरेको छ । 

उनीहरु चोरी गरेर महोत्तरी जलेश्वर नगरपालिका वडा  ३ स्थित भारत जाने तरखरमा रहेको बेला चोरीका सानामहरु सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएको छ।