मेकानिकको काम गर्छन् घानाका राजा

Newslaya Home

मेकानिकको काम गर्छन् घानाका राजा

मङ्गलबार ०३, बैशाख २०७६

एजेन्सी । घानास्थित सेफसकुसी नामका राजा मेकानिकको काम गर्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । तर कुरा साँचो हो ।

अफ्रिकाको घानास्थित सेफसकुसी नामक यी राजा आफ्नो देशमा शासन त चलाउँछन् नै साथै जर्मनीमा मेकानिकाको काम पनि गर्छन् । जर्मनीमा उनी आफ्नै वर्कशप चलाउँछन् । त्यहाँ उनी कार मर्मतको काम गर्छन् । उनले जर्मनी नै बसी स्काइपको माध्यमले आफ्नो राजकाज चलाउँछन् ।

७० वर्षीय राजा सिफसकुसी बन्साह टोगा र घानाअन्तर्गत पर्ने दुई राज्यका बादशाह हुन् । राजा नियुक्त हुनुअघि उनी सन् १९७० मा मेकानिक पढ्न जर्मनी आएका थिए । र उनी आफ्नो कामसँगै त्यही रमाए ।

उनले आफ्ना जनताका लागि पिउने पानीको व्यवस्था, स्वास्थ्य उपकरणका साथै चिकित्सक पनि जर्मनीबाट नै पठाएका छन् । उनको राज्य तीन लाख मानिसको बसोबास रहेको पूर्वोत्तर घाना र टोगाको सीमा क्षेत्रमा पर्छ । जर्मनीमा बसेर शासन गर्ने उनी जनतामाझ लोकप्रिय छन् ।