झापामा १६ करोडको लागतमा बायोग्यास प्लान्ट बन्दै

Newslaya Home

झापामा १६ करोडको लागतमा बायोग्यास प्लान्ट बन्दै

आइतबार ०८, बैशाख २०७६

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा बायोग्यास प्लान्ट बन्ने भएको छ । शनिबार अर्थमन्त्री डा.युवराज खतिवडाले बायोग्यास प्लान्ट शिलान्यास गरेका छन् ।

बायोग्यास प्लान्ट १६ करोड ७० लाखको लागतमा बन्न लागेको हो । झापाका तीन नगरपालिका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले बनाउन लागेको बायोग्यास प्लान्टका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ भने अन्य रकम सेयरमा लगानी गरिएको छ ।

बन्न लागेको बायोग्यास प्लान्ट नेपालमै सबैभन्दा ठूलो रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले बताए ।