पूर्वमा ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना बनाउने प्रस्ताव

Newslaya Home

पूर्वमा ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना बनाउने प्रस्ताव

आइतबार ०८, बैशाख २०७६

काठमाडौं । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई वटा लगानी प्रस्ताव आएको छ ।

झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा थपिएको समयसीमा अनुसार ईच्छुकले आउँदो २० मे सम्म आवेदन दिन सक्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीले जानकारी दिए । बोर्डले लगानी प्रस्तावको नाम भने गोप्य राखेको छ ।

नेपाल विद्यत प्राधिकरणका अधिकारीका अनुसार यो आयोजना बनाउन सहज स्थिति छैन ।

७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनासमेत अध्ययनका क्रममा छ । अध्ययनका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।