दलित महिलाको कपाल मुण्डन गर्दै कुटपिट

Newslaya Home

दलित महिलाको कपाल मुण्डन गर्दै कुटपिट

आइतबार ०८, बैशाख २०७६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा एक जना दलित महिलालाई गाउँलेले कपाल मुण्डन गरी सामाजिक रुपमा दुर्व्यहार गरेका छन् ।

आफ्नो श्रीमानको घर छाडेर फेरी श्रीमानकै सहमतिमा घर फर्किएकी ३५ वर्षीय ती मुसहर समुदायकी महिलालाई गाउँलेले कुटपिट गर्दै कपाल मुण्डन गरेर दुर्व्यवहार गरेका हुन् ।

उक्त वडाका वडाध्यक्ष उमेश यादवका अनुसार गत शुक्रवार राति १० बजेको समयमा उनकै समुदायका मान्छेले पंचायत गर्न बोलाए । पंचायतमा उपस्थित भएको बेला उनको कपाल काटिएको थियो ।

घटना भएको भोलिपल्ट पिडित महिलाले उजुरी गरेपछि घटनामा संलग्नहरु पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार दुर्व्यवहार गर्ने ८ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा लोहनाका ४० वर्षीय रामदुलार सदा, २८ वर्षीय रामविनय सदा, ३७ वर्षीय हरिराम सदा, ३५ वर्षीय लुचवा सदा, ४१ वर्षीय शिवचरण सदा, ३५ वर्षीय राजविर सदा, ३६ वर्षीय रंजित सादा, १९ वर्षीय सन्तोष सदा रहेका छन् ।