सेवाग्राहीको चाप बढ्दो, अधिकृत मस्त निन्द्रामा !

Newslaya Home

सेवाग्राहीको चाप बढ्दो, अधिकृत मस्त निन्द्रामा !

आइतबार ०८, बैशाख २०७६

विराटनगर । मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् ।

कार्यालय समयमा सेवाग्रहीको चाप रहेकै बेला अधिकृत श्यामानन्द यादव भने मस्त निद्रामा भेटिएका हुन् ।

आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले बताएका छन्।

कार्यकक्ष सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक–पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।