सुन्दरहरैचामा २ वर्षमा ६ जना अधिकृत, ठाउँ बुझिनसक्दै सरुवा

Newslaya Home

सुन्दरहरैचामा २ वर्षमा ६ जना अधिकृत, ठाउँ बुझिनसक्दै सरुवा

आइतबार ०८, बैशाख २०७६

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा जनप्रतिनिधी आएको २ वर्ष भित्रमा ६ जना प्रमुख प्रशासकिय अशिकृत सरुवा भएका छन् ।

नगरपालिकाका अनुसार जनप्रतिनिधिको वैचारिक द्वन्द्वका कारण कर्मचारी सरुवा हुनु परेको हो । अधिकृतको सरुवाको कारणले गर्दा विकासका कामहरु समेत प्रभावित हुने गरेको स्थानीयहरुकोे गुनासो रहेको छ ।
२०७३ फागुन २७ गते हाजिर भएका शशि राई ०७३ चैत ८ गते नै सरुवा भएका थिए । उनले जम्मा १० दिन मात्र सुन्दरहरैचा नगरपालिकामा काम गरे।

त्यस्तै २०७३ चैत ९ गते हाजिर भएका भानुभक्त न्यौपाने पनि ०७४ कात्तिक ४ गते सरुवा भए । उनले जम्मा करिब ६ महिना नगरपालिकामा काम गरे ।

त्यस्तै ०७४ कात्तिक ५ गते हाजिर भएका गणेशराज कार्की पनि लामो समय सम्म रहन भने सकेनन् । उनी पनि फागुन १३ गते सरुवा भए । उनले करिब ५ महिना काम गरे । जनप्रतिनिधि आउँदा कार्की निमित्त कार्यकारी अधिकृत थिए ।

तर जनप्रतिनिधि आएपछि ०७४ फागुन ११ गते जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत भएर आए । उनी पनि सात महिना बित्न नपाउँदै उनी पनि सरुवा भए ।

त्यसपछि असोज १० गते राजेन्द्रप्रसाद भट्टराई आए । उनी पनि केही महिना नबित्दै सरुवा भए । उनी गएपछि जिल्ला समन्वय समितिका सचिव रवीन्द्र वस्तीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले ।

जिल्ला समन्वय समितिमै बसेर उनले सहयोग गरे । हाल सुन्दरहरैचा नगरपालिकामा बेलबारी नगरपालिकामा कार्यरत अधिकृत गणेश प्रसाद दाहाल सरुवा भएर आएका छन ।