श्रीलंका बम विस्फोटः मृत्यु हुनेको संख्या २०७ पुग्यो

Newslaya Home

श्रीलंका बम विस्फोटः मृत्यु हुनेको संख्या २०७ पुग्यो

आइतबार ०८, बैशाख २०७६

काठमाडौँ । श्रीलंकामा बम विस्फोटमा परि ज्यान गुमाउनेको सख्या २०७ पुगेको छ भने विस्फोटमा परि करिब चार सय भन्दा बढी घाइते भएका छन् ।

श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट भएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो ।


आइतबार बिहान इस्टर पर्व मनाउन व्यस्त भएको मौका छोपेर चर्च र होटलहरुमा वटा विस्फोट गराइएको थियो । श्रीलंकाको राजधानी कोलम्बो, मुख्य शहर नेगोम्बो र बाटीकालोआमा विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र अन्तिम आठौँ पटक डेमाटागोडामा विस्फोट भएको थियो ।

श्रीलंकाका रक्षामन्त्री विजयवर्धनले यो आत्मघाती हमला भएको र यसमा संल्ग्न सात जनालाई पक्राउ गरिएको बताएका छन् । उनका अनुसार खुफिया एजेन्सीले हमलाको बारेमा पहिले नै सूचना दिएका थिए । तर उनीहरुलाई रोक्नु अघि नै हमला भएको हो ।

उनले यो हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएका छन् ।

विस्फोटमा परि ९ जना विदेशी नागरिकको पनि ज्यान गएको श्रीलंकाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तर उनीहरु कुन देशमा नागरिक हुन् भन्नेबारे खुल्न सकेको छैन ।

यो घटना कसले गरायो भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । घटनाको कसैले पनि जिम्मा लिएको छैन ।