इटहरीका वडासचिवमाथि मेयरले गरे कुटपिट

Newslaya Home

इटहरीका वडासचिवमाथि मेयरले गरे कुटपिट

बुधबार ०८, जेठ २०७६

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १९ का वडासचिव मनोज दाहालले आफूमाथि उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कुटपिट गरेको आरोप लगाएका छन् ।

चौधरीले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको उनले गुनासो गरेका छन् । एक वर्षअघि सिएफएल बल्ब खरीद प्रकरणको समयमा स्टोर किपर रहेका उनलाई भ्रष्टाचारी भन्दै कार्यकक्षमै कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।

‘तँ साला थारु के गर्छस् भनेर भनेपछि मैले कठालो समातेँ’ (पत्रकार–मेयर चर्काचर्कीसहित)