मेयर चौधरीविरुद्द उत्रिए इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु, भोलीदेखी धर्ना दिने

Newslaya Home

मेयर चौधरीविरुद्द उत्रिए इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु, भोलीदेखी धर्ना दिने

बुधबार ०८, जेठ २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज (बुधबार) दुई कर्मचारीमाथि कुटपिट गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारीहरुले आन्दोलन गरेका छन् । ेउपमहानगरपालिका कर्मचारीले विज्ञप्ती जारी गर्दै आन्दोलन गरेका हुन् ।

कर्मचारीले मयरविरुद्ध नाराजुलुस गरेका थिए । घुस लिएको भन्दै मेयर द्वारिकलाल चौधरीले आज सबओभरसियर राम खड्का र नासु मनोज दाहाललाई हातपात गरेका थिए ।

‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्ने नारा लगाउँदै कर्मचारीले नगर परिसरबाट जुलुस निकाल्दै सडकसम्म आएर चर्को नाराबाजी गरेका थिए ।

उपमहानगरका २० वटा वडा समिति र नगरपालिकाको कार्यालयमा तालबन्दी गर्ने र उपमहानगरको प्राङ्गणमा भेला भइ भोलीदेखी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।

तर यो समाचार तयार पार्दासम्म कर्मचारी र जनप्रतिनिधिहरु वार्तामा बसिरहेका छन् ।