छोराद्वारा खुकुरी प्रहार गरी बुवाको हत्या

Newslaya Home

छोराद्वारा खुकुरी प्रहार गरी बुवाको हत्या

बिहीबार ०९, जेठ २०७६

रुकुम । रुकुममा आफ्नै छोराद्वारा बुवाको हत्या भएको छ । भुमे गाउँपालिका –७ गुनामका २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको हो ।

बिहीबार बिहान ५ बजे छोरा विरतले रमनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताए ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।