झापामा अज्ञात समूहद्वारा एक महिलामाथि खुकुरी प्रहार

Newslaya Home

झापामा अज्ञात समूहद्वारा एक महिलामाथि खुकुरी प्रहार

बिहीबार ०९, जेठ २०७६

बिर्तामोड । झापामा अज्ञात समुहद्वारा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा ७ बर्षे छोरीसँगै सुतिरहेका बेला बुधबार मध्यरातमा अज्ञात समूहले खुकुरी प्रहार गर्दा आरती चौहान (बुढाथोकी) घाइते भएकी हुन्।

घाइते चौहानको आम्दा अस्पताल धुलावारीमा उपचार संम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको खुले पनि उनीहरुको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाले जानकारी दिए।

राती खाना खाएर आमा छोरी एउटै कोठामा सुतेका अवस्थामा ती दुई व्यक्तिले कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको उनकी छोरी अर्पणाले प्रहरीलाई बयान दिएकी छिन्।

बालिकाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले घटनाबारे थाहा पाएका थिए।

बालिकाले कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयले जानकारी दिए।

घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने ब्यत्तिहरुको खोजी कार्य तिव्र पारिएको डिएसपी थापाले जानकारी दिए।