पर्सा र बारामा पुनः आएको हावाहुरीमा परी एक किशोरीको मृत्यु

Newslaya Home

पर्सा र बारामा पुनः आएको हावाहुरीमा परी एक किशोरीको मृत्यु

बिहीबार ०९, जेठ २०७६

वीरगन्ज । पर्सा र बारामा बुधबार बेलुका आएको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको छ । पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरे गाँउका दिनेश सहनीकी छोरी १५ वर्षीया श्रुती सहनीको हुरीले मृत्यु भएको हो। उनकी दिदी रानी सहनी घाइते भएकी छन्।

बुधबार साँझ बजारबाट फर्किँने क्रममा हुरीले सडक छेउको सिमलको रुख भाँचिएर श्रुती च्यापिएकी थिइन् । रुखमा च्यापिएर घाइते भएकी श्रुतिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

हुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा ७ वटा घरमा क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

यस्तै गत चैत १७ गतेको विनशाकारी हुरीले प्रभावित बाराका गाँउहरुमा पनि बुधबार बेलुका अएको हुरीले क्षति पुगेको छ।

चैत १७ गतेको विनशाकारी हुरीले घरबार बिहीन भएपछि अस्थायी टेन्टमा आश्रय लिएर बसेका मानिसको टेन्ट हुरीले उडाएर उनीहरु थप समस्यामा परेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए।