सुन्दरहरैचामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

सुन्दरहरैचामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार ०९, जेठ २०७६

मोरङ । मारङको सुन्दरहरैचामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा १० को १ ख ४३५५ नम्बरको ट्रिपरको ठक्करबाट मे ५ प ५५०० नम्बरको मोटरसाइकल चालक केरावारी–९ देविझोडा बस्ने अन्दाजी ४८ वर्षका बम बहादुर बस्नेतको मृत्यु भएको हो ।

केराबारीबाट खोर्साने तर्फ जादै गरेको ट्रिपरले विपरीत दिशामा रहेको सो मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका बस्नेतको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रिपरले किचेर मृत्यु भए पश्चात् अहिले खोर्साने केराबारी सडक खण्डको यातायात सेवा बन्द गरिएको छ ।