ताप्लेजुङका एक बृद्धले गरे काठमाडौंको आकाशेपुलबाट हामफाली आत्महत्या

Newslaya Home

ताप्लेजुङका एक बृद्धले गरे काठमाडौंको आकाशेपुलबाट हामफाली आत्महत्या

बिहीबार ०९, जेठ २०७६

काठमाडौं । कोटेश्वर–कलंकी सडक अन्तरगर्त ग्वार्कोको आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ताप्लेजुङको हाङपाङ गाविस घर भएका कोटेश्वर बस्दै आएका ६० वर्षीय कीर्तिमान राईले आकाशे पुलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बिहानै कोठाबाट निस्किएका उनले ६ बजेर १० मिनेटमा हामफालेको प्रहरीले जनाएको छ ।उनले पुलबाट हामफालेर आत्महत्या गरेपछि उनका आफन्तलाई बोलाएर पोस्टमार्टम अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन भन घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।