तेह्रथुममा मस्यौरा अड्किएर तिन वर्षीय बालकको मृत्यु

Newslaya Home

तेह्रथुममा मस्यौरा अड्किएर तिन वर्षीय बालकको मृत्यु

बिहीबार ०९, जेठ २०७६

तेह्रथुम । तेह्रथुममा मस्यौरा अड्कीएर तिन वर्षीय बालकको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका १० तम्फुला निवासी विशाल निङलेखुका तिन वर्षीय बालक न्युसन निङलेकुको मृत्यु भएको हो ।

बिहान आफ्नै घरमा खाना खाँदै गर्दा तरकारीमा मिसाएको न्युटेला (भटमासको मस्यौरा) खाने क्रममा सर्केर बालक सिकिस्त भएका थिए ।

बालकको जिल्ला अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बालकको लास अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाएको अस्पताले जनाएको छ ।