तातोपानी नाका जेठ दोस्रो साताबाट खुल्ने

Newslaya Home

तातोपानी नाका जेठ दोस्रो साताबाट खुल्ने

बिहीबार ०९, जेठ २०७६

काठमाडौं । चीनसँग सिमा जोडिएको तातोपानी नाका पुनः सन्चालनमा आउने भएको छ । चार वर्षअघि भूकम्पले बन्द भएको तातोपानी नाकाको पुनर्निर्माण सकिएकाले जेठको दोस्रो सातादेखि सुचारू हुने भएको हो ।

जेठ १५ देखि तातोपानी नाका सञ्चालनमा आउने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

२०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो । त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात निर्यात भइरहेको थियो।