विराटनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Newslaya Home

विराटनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु

बिहीबार ०९, जेठ २०७६

विराटनगर । विराटनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । विराटनगर –१० स्थित न्युरो अस्पताल नजिकै करेन्ट लागेर विहिबार दिउँसो ७२ वर्षीय काँशीनाथ ताम्राकारको मृत्यु भएको हो ।

आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनमा करेन्ट लागेर ताम्राकारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार घरमा कोही नभएको समयमा दाहिने हातमा जीआई पाईप वाधेर आत्माहत्या गर्न खोजेको जस्तो देखिएको प्रहरीको प्ररम्भीक अनुसन्धानमा देखिएको छ ।

मृतक ताम्रकारको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।