दाईजो नपाएपछि बेहुली छाडेर भाग्ने बेहुला पक्राउ

Newslaya Home

दाईजो नपाएपछि बेहुली छाडेर भाग्ने बेहुला पक्राउ

बिहीबार ०९, जेठ २०७६

विराटनगर । भनेजती दाइजो नपाएपछि बेहुलीलाई विवाह मण्डपमै छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् ।

मोरङ जहदा गाउपालिका वडा नं ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीले जहदाकै २१ वर्षीय युवतीसँग विवाह तय भएर मण्डपमासमेत बसेका लक्ष्मणले भनेजती दाइजो नपाएपछि बेहुलीलाई विवाह मण्डपमै छाडेर भागेका थिए ।

राजवंशीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको हो ।

दुवै पक्षको परिवारबीच राजीखुशीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो ।

विवाहको बिचैमा लक्ष्मणले थप दाईजो दिनुपर्ने भन्दै अड्डी कसेका थिए । उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।