समाजवादी पार्टींका जिल्ला अध्यक्षले सार्वजनिक स्थलमै श्रीमती कुटे

Newslaya Home

समाजवादी पार्टींका जिल्ला अध्यक्षले सार्वजनिक स्थलमै श्रीमती कुटे

शनिबार ३२, जेठ २०७६

राजविराज । समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् ।

विद्यालयबाट फर्किरहेकी श्रीमती तथा शिक्षिका विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । विनिता द्वारका श्रीलाल सातनी यादव मावि बथनाहामा शिक्षिका छिन् ।

नेता यादवले श्रीमतीलाई मुक्का, खुट्टा र हेलमेटले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि विनिता बेहोस भएकी थिइन् । बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

पार्टीको कामले रम्पुरा मल्हनियाँबाट मोटरसाइकलमा फर्किरहेका अध्यक्ष यादवले श्रीमती चढेर आइरहेको स्कुटरको साँचो माग्दा नदिएपछि साँचो खोसेरै हेल्मेटले हिर्काएको विनिताले बताएकी छन् । यता यादवले भने चाबी खोसाखोस भएपनि कुटाकुट भने नपरेको बताए ।

नौ वर्षअघि विवाह बन्धनमा बाँधिएपनि पटक–पटक कुटपिट, गालीगलौज गरेका कारण आठ वर्षदेखि विनिता माइतमा बस्दै आएकी छन् ।

उनीहरुको आठ वर्षीय एक छोरा छ ।

विनिताले अध्यक्ष यादवलाई पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार नै उजुरी समेत दिएकी छन् । ‘