प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट, सांसदलाई ३ करोड (पूर्ण पाठ)

Newslaya Home

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट, सांसदलाई ३ करोड (पूर्ण पाठ)

आइतबार ०१, असार २०७६

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

जसमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार खर्च छुट्याइएको छ । जुन ४३ दशमलव ९ प्रतिशत हुन आउँछ । यस्तै पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैया विनियोजन गरिएको छ ।

वित्तिय व्यवस्थातर्फ ८ करोड र अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार रुपैया विनियोजन गरिएको छ ।

प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रस्तुत गरेको बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

प्रदेशले आम्दानीअन्तर्गत आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड अनुमान गरेको छ । चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड रहने जनाइएको छ ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । यस्तै सांसदका लागि प्रति सांसद ५० लाख रुपैयाँ दिनेछ ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रदेशभर एक अर्ब ४० करोड रुपैयाँ सांसदलाई बाँड्न लागेको हो । त्यसका अतिरिक्त प्रत्येक सांसदको सिफारिसमा पचास लाख रुपैयाँका दरले योजना कार्यान्वयन गर्न भन्दै थप ४८ करोड रुपैयाँ व्यवस्था गरेको छ ।

सुनसरी, मोरंग, धनकुटा र सोलुखुम्बुमा केबलकार

प्रदेश १ सरकारले कर्मचारीलाई नेपाल घुम्न २५ हजार रुपैया दिने