मोरङमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Newslaya Home

मोरङमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार ०२, असार २०७६

विराटनगर । मोरङमा आइतवार राति ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रंगेली–डाइनिया सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५प ११७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विक रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।