धनकुटा कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी

Newslaya Home

धनकुटा कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी

सोमबार ०२, असार २०७६

धनकुटा । जिल्ला कारागार धनकुटामा क्षमताभन्दा दुईगुणा बढी कैदीबन्दी राखिएको छ ।

२५ पुरुष र १० महिलाको क्षमता रहेको कारगारमा चार महिलासहित ६८ जना कैदीबन्दीहरु राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ भने सबैभन्दा बढी सुत्नका लागि समस्या हुने गरेको जनाइएको छ ।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको जिल्ला कारागार धनकुटाका प्रमुखले बताएका छन् ।

उनका अनुसार कैदीबन्दी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी कैदी भएको हो। कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई समस्याबारे पटक पटक जानकारी गराए पनि सुनवाइ नभएको कारागार प्रशासनले जनाएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछिशौचालय जाँदा समेत पालो पर्खिनु पर्ने समस्या रहेको छ। कारागार भवन जीर्ण भएपछि सार्नका पटक–पटक पहल भए पनि जिल्ला कारागारको नाममा रहेको जग्गा अतिक्रमण भएकाले नयाँ भवन बन्न नसकेको कारागार प्रमुखले बताएका छन् ।