नारायणगढबाट वीरजञ्ज जाँदै गरेको बस पल्टिँदा एक जनाको मृत्यु, २० घाइते

Newslaya Home

नारायणगढबाट वीरजञ्ज जाँदै गरेको बस पल्टिँदा एक जनाको मृत्यु, २० घाइते

सोमबार ०२, असार २०७६

हैटौंडा । नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको बस चुरेमा अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ना ५ ख ४०१५ नम्बरको यात्रुबाहक बस हेटौंडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घइते भएकी एक महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २० जाना यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये ४ को अवस्था गम्भीर रहेको जनाइएको छ ।