सोलुखोलामा राखिएको प्रेसर कुकर बम डिस्पोज

Newslaya Home

सोलुखोलामा राखिएको प्रेसर कुकर बम डिस्पोज

सोमबार ०२, असार २०७६

सोलुखुम्बु । सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

शनिबार राति एक्स्काभेटरमा आगजनी गरे नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु गएको थियो ।

निर्माणाधीन हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको जनाएको छ । घटना कसले र किन गरायो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन ।