सिराहाबाट कस्तुरीको बिनासहित दुई युवक पक्राउ

Newslaya Home

सिराहाबाट कस्तुरीको बिनासहित दुई युवक पक्राउ

सोमबार ०२, असार २०७६

सिरहा । सिराहाबाट कस्तुरीको बिनासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान–२१ का २५ वर्षीय कैलाश यादव र लहान–१३ का २८ वर्षीय अभासकर यादव रहेका छन् ।

ना २२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकलमा माडरबाट सिरहातर्फ जादै गरेका उनीहरुलाई चेकजाँच गर्दा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त वस्तु १२ ग्रामको रहेको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।