‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् ‘बेस्ट परफर्मर’ को उपाधि

Newslaya Home

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् ‘बेस्ट परफर्मर’ को उपाधि

सोमबार २३, असार २०७६

काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा नायिका स्वस्तिमाले आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी हुन् । उनले उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।

यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।