बसमै सिरिन्ज हानेपछि एक युवक पक्राउ

Newslaya Home

बसमै सिरिन्ज हानेपछि एक युवक पक्राउ

सोमबार २३, असार २०७६

काठमाण्डौ । बसमा यात्रा गरिरहेकी एक महिलालाई ‘सिरिन्ज’ हानेको अभियोगमा बनेपाबाट एक जना युवा पक्राउ परेका छन् ।

स्याङ्जा घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठकलाई बनेपास्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।

‘तीखो’ चिजले घोचेपछि ती महिला बसमै कराएकी थिइन्। आक्रमण गर्ने पाठक महिलाको नजिकै थिए। यात्रुहरुले पाठकलाई कुटपिट गरी बाहिर निकालेका थिए।

उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। पीडित महिलालाई उपचारका लागि अस्पताल पठाइएको
जनाइएको छ ।

घटनापछि आक्रोशित बसका यात्रु तथा स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा प्रदर्शन गरेका थिए।