भारतबाट आयात गरिएको आयुर्वेदिक औषधिमा भेटियो आर्सनिक

Newslaya Home

भारतबाट आयात गरिएको आयुर्वेदिक औषधिमा भेटियो आर्सनिक

मङ्गलबार २४, असार २०७६

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले भारतबाट आयात गरिएका केही आयुर्वेदिक औषधि हानिकारक भएको दावी गरेको छ । मञ्चले पत्रकार सम्मेलन गरी यस्ता औषधिका विषयमा सजग हुन आग्रहसमेत गरेको छ ।

डाबर इण्डिया लिमिटेडबाट उत्पादन भएको र डाबर नेपालबाट वितरण भइरहेको औषधि हानिकारक भएको मञ्चले बताएको हो । मञ्चका महासचिव बाबुराम हुमागाईले विभिन्न ल्याबमा भएको टेष्टबाट डाबरका केही औषधिमा आर्सनिकको मात्रा भेटिएको बताए । उनले कारबाहीका लागि यसबारे औषधि व्यवस्था विभागमा समेत जानकारी गराइसकिएको जानकारी दिए । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको उनले बताए ।

डाबरका महायोगराज गुग्गल, पर्रवाल भस्म, महा वात विधंसन रस, एकांगबिर रस, बात गजाञ्कुस रस, वृहत बात चिन्तामणि रस, लगायतका औषधिहरुमा यस्तो मात्रा देखिएको हो । यस विषयमा औषधि विभागले सक्रियता देखाउनुपर्नेमा बेवास्ता गरेको हुमागाईले गुनासो गरेका छन् ।