प्रशिक्षणमा उपस्थित नभएपछि नेइमार कारबाहीमा !

Newslaya Home

प्रशिक्षणमा उपस्थित नभएपछि नेइमार कारबाहीमा !

मङ्गलबार २४, असार २०७६

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्राइकर नेइमारलाई कारबाही गर्ने जनाएको छ ।

पिएसजीको प्रि–सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएका कारण कारबाही गर्न लागेको बताइएको छ ।

नेइमारका बुबाले सामाजिक कामका कारण क्लबको प्रशिक्षणमा अनुपस्थित भएको बताएका छन्। नेइमारको कार्यक्रमबारे क्लबलाई पहिले नै थाहा भएको उनको भनाइ छ। नेइमार अझ एक साता क्लबको प्रशिक्षणमा हुने छैनन्।