हिंसात्मक आक्रमणमा सिरियामा परि सात बालबालिकाको मृत्यु

Newslaya Home

हिंसात्मक आक्रमणमा सिरियामा परि सात बालबालिकाको मृत्यु

मङ्गलबार २४, असार २०७६

काठमाडौँ । हिंसात्मक आक्रमणमा परि सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साता कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताएका छन् ।

साथै यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको उनले जानकारी दिए।

सरकारी फौज र विद्रोहीले पछिल्लो समय उक्त युद्धविराम उल्लंघन गरेका विवरणहरु आउन थालेका छन्।

युद्धविरामको उल्लंघनसँगै निहत्था नागरिक हिंसाको चपेटामा परेको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन्।