यी युवती जसले २१ वर्षमा १९६ देश घुमेर विश्व रेकर्ड राखिन्

Newslaya Home

यी युवती जसले २१ वर्षमा १९६ देश घुमेर विश्व रेकर्ड राखिन्

बुधबार २५, असार २०७६

काठमाडौं । अमेरिकाकी युवती लेक्सी अल्फोर्डले २१ वर्षको उमेरमा १९६ देश घुमेर विश्व रेकर्ड बनाएकी छिन् । उनले २१ वर्षकै उमेरमा १९६ देश घुम्ने पहिलो युवाको रेकर्ड बनाएकी हुन् । उनले आफ्नो यात्राको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई बुझाइसकेकी छन् ।

लेक्सीभन्दा पहिला सबैदेश घुम्ने रेकर्ड केसी द पेकोलको नाममा थियो । लेक्सीका अनुसार उनको परिवारको क्यालिफोर्नियमा एक ट्राभल एजेन्सी थियो । उनका बुवाआमाले प्रत्येक वर्ष स्कुलबाट निकालेर केही हप्ता बाहिर पढ्न पठाउँथे । यहीबाट आफूलाई विश्व घुम्न प्रेरणा मिलेको लेक्सी बताउँछिन् ।

लेक्सीले २०१६ मा विश्वका देशहरु घुम्न सुरु गरिन् । उनले १८ वर्षमा ७२ देश घुमीसकेकी थिइन् ।

लेक्सीले यात्रामा कुनै स्पोन्सर नखोजी आफ्नै पैसा खर्च गरेको बताउँछिन् । उनले विश्वको भ्रमण गर्न १२ वर्षको उमेरदेखि बचत गर्न सुरु गरेकी थिइन् ।