बीयरको बोतलमा नेपालको झण्डा, अपमान भएको गुनासो

Newslaya Home

बीयरको बोतलमा नेपालको झण्डा, अपमान भएको गुनासो

बुधबार २५, असार २०७६

काठमाडौं । बीयरको बोतलमा नेपालको झण्डा देख्नुभएको छ ? नमस्ते ब्राण्डको बीयरको बोतलमा नेपालकै झण्डाको आकार र रंगको डिजाइन प्रयोग गरिएको छ ।

नमस्ते ब्राण्डमा बियर उत्पादन थालेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिले नेपालको राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै आलोचना भएको छ ।

राज ब्रुअरीले उत्पादन गरी झण्डै एक वर्षदेखि बजारमा ल्याएको नमस्ते ब्राण्डको बियरका लागि बनाइएको लेभलको डिजाइनमा प्रष्ट रुपमा नेपाली झण्डाको अपमान गरिएको देखिन्छ ।

कम्पनीले नेपाली झण्डामा सामान्य ट्वीस्ट गरी दुरुस्तै देखिने डिजाइनसहित बियरमा प्रयोग गरेको पाइएपछि यस्तो लेभललाई स्वीकृति दिने निकायका कर्मचारीदेखि उद्योगीलाई समेत कारबाहीको माग उठेको छ ।