भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु

Newslaya Home

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु

बुधबार २५, असार २०७६

भोजपुर । भोजपुरमा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागर मृत्यु भएको हो भने प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको जनाइएको छ ।