पाहुना आएका ठूलोबुवा र ससुराको हत्या

Newslaya Home

पाहुना आएका ठूलोबुवा र ससुराको हत्या

बुधबार २५, असार २०७६

अछाम । अछामको मंगलसेनमा एक व्यक्तिले आफ्नो घरमा पाहुना आएका दुई जना आफन्तको हत्या गरेका छन् ।

कुन्तीबण्डालीको ढुंगानीका पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा देउसिंह थापा र ससुरा विरभान थापाको मंगलबार राती हत्या गरेका हुन् ।

हत्यापछि फरार रहेका साउदलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

घटना राति भए पनि प्रहरीले बुधबार बिहानपख मात्र खबर पाएको अछाम प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।