कैलालीमा डुबेर दुई जना बालकको मृत्यु

Newslaya Home

कैलालीमा डुबेर दुई जना बालकको मृत्यु

बुधबार २५, असार २०७६

कैलाली । कैलालीमा नुहाउने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भजनी नगरपालिका–६ का ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरीले जानएको छ ।