पपुवा न्युगिनीमा हिंसा भड्किदा कम्तिमा १६ जनाको हत्या

Newslaya Home

पपुवा न्युगिनीमा हिंसा भड्किदा कम्तिमा १६ जनाको हत्या

बुधबार २५, असार २०७६

काठमाण्डौ । पपुवा न्युगिनीको हेला प्रान्तमा आदिवासीबीच हिंसा भड्किएपछि कम्तिमा १६ जना महिला र बालबालिकाको हत्या भएको छ ।

करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा आक्रमण गरिएको थियो । घटनामा एक वर्षको उमेरदेखि १५ वर्षको उमेरबीचमा रहेका ८ बालबालकिा रहेका छन् भने आठ महिला रहेका छन् । ती मध्ये दुई जना गर्भवति रहेका थिए ।

सोमबार बिहान उक्त घटना भएको थियो । आक्रमणकारीहरुले बन्दुक र धारिलो हतियार प्रयोग गरेका थिए । पछिल्लो समय पापुवा न्युगिनीको हेला प्रान्तमा आदिवासी हिंसा जारी रहेको छ ।