चार किलो चरेससहित एक भारतीय नागरिक पक्राउ

Newslaya Home

चार किलो चरेससहित एक भारतीय नागरिक पक्राउ

बुधबार २५, असार २०७६

वीरगञ्‍ज । सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बेतिया थाना मझौलिया–६ बस्ने ४४ वर्षीय मोहम्द हसमुल्ला अन्सारी रहेका छन्
। सशस्त्र प्रहरी बल गुल्म नम्बर १४ गुल्मले बिरगञ्ज महानगरपालिका–१६ शँकराचार्य गेटबाट चेकजाँच गर्नेक्रममा अन्सारीलाई चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट लागुऔषध चरेश चार किलो बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चरेशसहित पक्राउ परेका अन्सारीलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताइएको छ ।