इटहरीमा घण्टाघर बन्ने

Newslaya Home

इटहरीमा घण्टाघर बन्ने

बुधबार २५, असार २०७६

इटहरी । इटहरीमा घण्टाघर बन्ने भएको छ ।

इटहरी ९ स्थित पुरानो हेल्थपोष्टको भवन रहेको स्थानमा घण्टाघर बनाउन लागिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

सोको लागि यो आर्थिक वर्षमा ३० लाख रुपैया विनियोजन गरिएको छ । ‘उक्त रकमले डीपीआरलगायत आधारभुत कामहरु सम्पन्न गरिनेछन्,’ गौतमले भनिन् । उनले घण्टाघर कस्तो बन्नेछ भन्ने प्रारम्भिक खाका बनि नसकेको जानकारी दिइन् ।

छिमेकी नगर धरानमा घण्टाघर छ । घण्टाघरले इटहरीमा हेर्न लायक नयाँ संरचना निर्माण हुने उनले विश्वास व्यक्त गरिन् ।