सुनसरी र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु

Newslaya Home

सुनसरी र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु

बुधबार २५, असार २०७६

धरान । सुनसरीको धरान र मोरङको रंगेलीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान ४, ठक्कर डाँडा बस्ने ६७ बर्षिय बिर्खबहादुर राई रहेका छन् । उनलाई बुधबार बिहान ११ बजे आफ्नै घरमा रेडियो बजाउने क्रममा करेण्ट लागेको थियो । प्रहरीका अनुसार रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा वृद्ध राई करेन्ट लागेर बेहोस भएका थिए । बेहोस राईलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएकोमा उपचारको क्रममा दिउँसो करिब साढे १२ बजे मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ ।

यसैगरी, रंगेली नगरपालिका–५ आपगाछीका १२ बर्षीय प्रमोद ऋषिदेवको पनि बुधबार दिउँसो १२ः५० बजे करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।