इटहरी उपमहानगरपालिकाको गेटैमा जम्छ पानी, सेवाग्राहीलाई सास्ती

Newslaya Home

इटहरी उपमहानगरपालिकाको गेटैमा जम्छ पानी, सेवाग्राहीलाई सास्ती

बिहीबार २६, असार २०७६

इटहरी । बर्षाको समयमा इटहरी वर्षेनी जलमग्न हुने गरेको छ । ढल निकासको उचित प्रबन्ध नहुँदा केही बेर पानी पर्नासाथ डुबान हुने गरेको छ ।

पुराना, साना र फोहोर भरिएका ढल, नालाका कारण अरु त अरु इटहरी उपमहानगरपालिका कार्यालय अगाडी नै पानी जम्ने गरेको छ । विहीबार पनि लगातार परेको पानीका कारण उपमहानगरपालिका कार्यालय गेट जलमग्न भएको छ ।

पानी जम्दा कार्यालयभित्र जाने सेवाग्राहीहरुलाई सास्ती हुने गरेको छ ।

इटहरीमा पञ्चायतकालमा बनेका ढल निक्कै साँघुरा छन् । ती ढलहरु बर्षौदेखि सफा पनि गरिएको छैन । हालै मात्र उपमहानगरपालिकाले ढल सफा गर्नकालागी ५० लाख रुपैँया बजेट छुट्याएको छ ।