इटहरीका मेयर भन्छन्, ‘आफै भत्काऊ, नत्र पाँच लाख रुपैया जरिवाना र भत्काउँदा लागेको खर्चसमेत लिन्छौं’

Newslaya Home

इटहरीका मेयर भन्छन्, ‘आफै भत्काऊ, नत्र पाँच लाख रुपैया जरिवाना र भत्काउँदा लागेको खर्चसमेत लिन्छौं’

बिहीबार २६, असार २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक जग्गा, खोला मिच्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।

इटहरी उपमहानगरपालिकाले भर्खरै पारित गरेको नीति तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हरेक व्यक्तिलाई आफूले बनाएका संरचना आफै भत्काउने अवसर दिइने बताए ।

सुचना जारी गर्ने, सामुहिक दबाब दिने र त्यसले पनि नभए आफै भत्काइदिने उनले बताए । ‘अटेर गर्नेको घर, पर्खाल आफै भत्काउँछौं र पाँच लाख रुपैयासम्म जरिवाना र भत्काउँदा लागेको खर्चसमेत उठाउँछौं,’ उनले भने ।

मेयर चौधरी इटहरीका सार्वजनिक जग्गा, कुलो, पैनी, खोला मिच्नेप्रति कडारुपमा प्रस्तुत बनेका छन् । केही दिनअघि उनले बाटो मिचेर निकै अघि बनाइएको आफ्नै घरको कम्पाउण्ड पर्खालसमेत भत्काएका थिए ।