बीपी प्रतिष्ठानका उपकुलपति रौनियार घुससहित अख्तियारको नियन्त्रणमा

Newslaya Home

बीपी प्रतिष्ठानका उपकुलपति रौनियार घुससहित अख्तियारको नियन्त्रणमा

बिहीबार २६, असार २०७६

धरान । धरानस्थित बीपी प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

आठ लाख रुपैयासहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारको केन्द्रिय कार्यालय टंगालले जानकारी दिएको छ ।

उनलाई उपकुलपति निवासबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अख्तियारको टोलीले उनीसहित डा. रामहरी रौनियारलाई पक्राउ गरेको छ ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको विज्ञप्तीमा छ । डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ । उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो ।

धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको अख्तियार स्रोतको भनाई छ ।

यसअघि पनि रौनियारको आर्थिक आचरणलाई कारण देखाउँदै उनलाई छानविन समितिले दोषी देखाएको थियो । समितिको सिफारिसको आधारमा उनलाई हटाइएको थियो । 

प्रतिष्ठानको ४२ औं सिनेट बैठकले उपकुलपती डा. राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय कुलपति तथा प्रधानमन्त्रीले चैत्र २६ गते सदर गरे पछि रौनियार बर्खास्त भएका थिए ।

पछि सरकारले गत चैत्र २६ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई बर्खास्त गर्दै रेक्टर गुरु प्रसाद खनाललाई निमित्त उपकुलपतिमा नियुक्ति गरेको थियो ।

सर्वोच्च अदालतले सरकारको निर्णय यथास्थितीमा राख्न आदेश जारी गरेपछि रौनियार फेरी उपकुलपति भएर आएका थिए ।

पढ्नुहोस् यसअघिका समाचारहरु :

वीपी प्रतिष्ठानमा प्रक्रिया मिचेर स्टाफ नर्सको नतिजा