आफू डीएसपी भएको भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

Newslaya Home

आफू डीएसपी भएको भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

शुक्रबार २७, असार २०७६

काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक व्यक्तिलाई थानकोट प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेल रहेका छन् । लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–७, सितापाइलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लुईँटेल सशस्त्र प्रहरीको भगौडा रहेको प्रहरीले जनाएको छ । उनले चन्द्रागिरी नगरपालिका–३ का बिजय तामाङलाई आफू सीआईबीको डीएसपी भएको भन्दै आफ्नो सेक्युरिटि कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत शेयर हाल्न चाहिने १ लाख ६० हजार रुपैयाँमध्येको रकम माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट रेडियो सेट १ थान, त्यसकोको चार्जर थान १ र १० हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।