झापामा करेन्ट लागेर एक बालकको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक बालकको मृत्यु

शुक्रबार २७, असार २०७६

झापा । गौरादह नगरपालिका–८ थापा चोकमा बस्दै आएका ६ बर्षीय रोसन महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

मोरङ रतुवामाई नगरपालिका–१ घर भई हाल मावली बस्दै आएका गोल्छा महतोको छोरा रोसनको मृत्यु बिहीबार बिहान मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लागेर भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।