सप्तकोसीमा पानीको बहाव डेढ लाख क्युसेक नाघ्यो, रातो बत्ती बालियो

Newslaya Home

सप्तकोसीमा पानीको बहाव डेढ लाख क्युसेक नाघ्यो, रातो बत्ती बालियो

शुक्रबार २७, असार २०७६

इटहरी । तीन दिनदेखि आएको लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६८ हजार ८२० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २२ वटा ढोका खुल्ला गरिएको छ ।

पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

कोशीमा पानीको बहाव डेढ लाख क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ ।