विश्वकप क्रिकेटमा भारतले हारेपछि दुई जनाले गुमाए ज्यान

Newslaya Home

विश्वकप क्रिकेटमा भारतले हारेपछि दुई जनाले गुमाए ज्यान

शुक्रबार २७, असार २०७६

भारत । जारी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँगको हारले भारतका समर्थकहरूलाई ठूलो झट्का लागेको छ । 

सेमिफाइनल हार्नुअघिसम्म इङ्ल्याण्डमा भारतले केहि गर्छ जस्तो लागेको थियो । टोलीको उत्कृष्ट प्रदर्शनले गर्दा भारतीय समर्थकहरूले भारतले विश्वकप उपाधि जितेको कल्पना समेत गर्न थालिसकेका थिए । तर, भारतले हार बेहोर्यो । त्यसपछि यसको सबैभन्दा ठूलो पीडा समर्थकहरूलाई पर्यो ।

यस आहतको समर्थकरूलाई आआफ्नै पीडा भएपनि दुई भारतीय समर्थकले भने ज्यान नै गुमाएको खबर सार्वजनिक भएको छ ।

उनीहरूको निधन भारतको यस हारको झट्का सहन नसकेर भएको बताइएको छ । यसरी ज्यान गुमाउनेमा भारतको बिहार राज्यका ४९ वर्षिय अशोक पासवान र पश्चिम बंगाल राज्यका ३३ वर्षिय श्रीकान्ता मैटी रहेका छन् ।

पासवानलाई भारतले हारेलगत्तै हृदयघात भएको थियो । त्यसपछि अस्पताल लगिएका उनलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

हृदयघात हुनुअघिसम्म भारतले रन बनाइरहेको खुशीमा उनी घरबाहिर पटका पड्काएर खुशीयाली मनाइरहेका थिए । यस्तोमा भारत पराजित भएको खबर सुनेसँगै उनलाई हृदयघात भएको हो ।

त्यस्तै बंगालका मैटीको ज्यान पनि खेल चलिरहँदाको अवस्थामा हृदयघातकै कारण गएको हो । सो खेलमा महेन्द्र सिंह धोनी आउट भएलगत्तै उनी आफ्नो पसलमा ढलेका थिए । उनी ढलेपछि उनी छेउछाउका छिमेकी पसलेले तुरून्तै अस्पताल लगेपनि अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।